९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरमणिद्वारा मुख्यमन्त्री पदबाट राजीनामा, संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुभएको छ । 

नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन हुनुभएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।

योसँगै शाक्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।