२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल अन्नपूर्णका कर्मचारी व्यवस्थापनविरुद्ध खनिए



अ+ अ-

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । 

कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन । उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी लगाएका छन ।

 

होटल व्यवस्थापनले होटल एशोसिएन अफ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनु भयो ।

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलव समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रर्दशनमा उत्रनु पर्ने अवस्था आएको कर्मचारीको भनाई छ । उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दवाव दिएका छन ।