२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट बाहिरिएका हरुलाई एमाले नाम किन चाहियो ?: नेता अग्नी खरेल



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता अग्नी खरेलले नेकपा एमाले नाम राखेर कुनै पनि दल दर्ता हुन नसक्ने बताउनु भएको छ ।  एमालेबाट बाहिरिएर  नयाँ दलका रुपमा नेकपा एमाले (समाजबादी) राख्दै माधब कुमार नेपाल समुहले नयाँदल दर्ताको लागि निबेदन दिएकोमा गम्भिर आपत्ति जनाउदै खरेलले न्युजपोलार संग भन्नुभयो  "एमाले नाम नै आवश्यक पर्नै भए किन एमाले छाडेर हिडेको ?" सर्बोच्च अदालतको फैसला  यस अघि निर्बाचन आयोगको नजिरका कारण पनि अर्कोदल संग मिल्दो जुल्दो नाम र निर्बाचन चिन्ह अर्को दल लाई दिन मिल्दैन त्यो बदर हुन्छ ।

यस अघि पनि पटक पटक दलको नाम मिलेका कारण पछि दल दर्ता गर्ने पक्षले नाम परिबर्तन गर्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो "आयोगले फेरी पुरानै गल्ती गर्ला जस्तो लाग्दैन ।"  अर्को दलको नाम संग मिल्दो जुल्दो राखेर जानु अलोकतान्त्रकि र हतास मानसिकताको उपज भएको भन्दै खरेलले भन्नुभयो  "आफ्नो दलहरु प्रति बिश्वास गर्न नसक्नेहरु जनतालाई झुक्याउन सकिन्छ कि भनेर अर्को दलसंग मिल्ने नाम राख्न खोज्नु नाजायज हो ।" 

उहाँले आयोगले सो नाम नदिने बिश्वास ब्यक्त गर्दे  यदि गतल कार्य भएका कानूनी उपचारमा जाने बताउनु भयो ।  यसै बीच नेकपा एमाले (समाजबादी)को ले रोजेको निर्बाचन चिन्ह खुल्ला किताब उन्नत लोकतान्त्रिक पार्टी संग जुधेको छ । जसका कारण सो समूहले निर्बाचन चिन्ह पनि नयाँ छनौट गर्नुपर्ने भएको छ ।