काठमाडौं । नेकपा एमाले नेता प्रदीप नेपालले आफू माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीमा नरहेको प्रस्ट पार्नुभएको छ ।
न्युजपोलारसँग कुराकानी गर्दै नेता नेपालले आफू माधव कुमार नेपालको पार्टीमा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माधवको पार्टीमा म छैन, मेरो हस्ताक्षर धेरै पुरानो हो, मैले कतै पनि हस्ताक्षर गरेको छैन ।,’
उहाँले आफू बलियो एमालेको पक्षमा रहेको भन्दै भ्रममा नपर्न पनि सवैलाई अपिल समेत गर्नुभयो ।
माधव नेपालले गरेको नयाँ पार्टी दर्तामा प्रदीप नेपालकोको नाम माधव कुमार नेपाल र झलनाथ खनालपछि तेस्रोमा राखिएको छ ।