२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो ।

यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६/७६ मेगावाटका छवटा युनिट जडान गरिएको छ ।

पहिलो युनिटको उत्पादन गत असार २१ गते सुरु गरेको तामाकोसीले सोमबारसम्म सबै युनिट सञ्चालन गरी उत्पादन थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन भएको छ ।

त्यसैगरी पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिनेछ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०र१३२ केभीको सब–स्टेसनमा जोडिएको छ । उक्त विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।

यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लानुपर्ने थियो । २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हुँदै पनि काठमाडौँसम्म लान सकिनेछ ।

८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममासमेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । आयोजनाबाट पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट घण्टा र बाँकी समय एक हजार ९८८ गिगावाट घण्टा गरी वार्षिक दुई हजार २८१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो । निर्माण अवधिको आयोजनाको संशोधित लागत हालसम्म ब्याजबाहेक ५२ अर्ब पुगेको र ब्याजसहित आयोजनाको कुल लागत करिब ८४ अर्ब पुग्ने अनुमान आयोजनाको रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।