२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन



अ+ अ-

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । 

राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । राजधानी डेलीडटकमका सम्पाद ध्रुव लम्सालले दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए ।