२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् : नेम्वाङ्ग



file
अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । नेम्वाङ्गले अलग पार्टी दर्ता गरेका नेपाललाई फर्किन आग्रह गरेका हुन् ।

आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल)लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’

नेता नेम्वाङ्गले नेपाल समूहमा एमालेको सानो हिस्सा मात्रै गएको दाबी गरे । ‘हिजो उही कित्तामा उभिनुभएको साथीहरूले उहाँ (नेपाल)को साथ छोडिसक्नुभएको छ,’ नेता नेम्वाङ्गले भने, ‘तै पनि यति राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् तपाईं पनि भनेर मैले आग्रह गरेको छु ।’