२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् : नेम्वाङ्ग



file
अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । नेम्वाङ्गले अलग पार्टी दर्ता गरेका नेपाललाई फर्किन आग्रह गरेका हुन् ।

आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल)लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’

नेता नेम्वाङ्गले नेपाल समूहमा एमालेको सानो हिस्सा मात्रै गएको दाबी गरे । ‘हिजो उही कित्तामा उभिनुभएको साथीहरूले उहाँ (नेपाल)को साथ छोडिसक्नुभएको छ,’ नेता नेम्वाङ्गले भने, ‘तै पनि यति राम्रो पार्टीलाई विभाजन गरेर के पाइन्छ र ? आउनुस् तपाईं पनि भनेर मैले आग्रह गरेको छु ।’