२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले थोत्रिइसकेको पुरानो घर हो : भट्टराई



अ+ अ-

काठमाडौं । डा. बाबुराम भट्टराईले नेकपा एमालेलाई थोत्रिइसकेको पुरानो घरको संज्ञा दिएका छन् । भट्टराईले नेकपा एमालेबाटऔपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधव नेपाललाई बधाई दिएका छन् ।

उनले नयाँ पार्टी निर्माणमा लागेकोमा नेपाललाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न । तर, पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस !,’ उनले ट्वीटरमा नेपाललाई मेन्सन गर्दै भनेका छन् ।