२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जस्तो नेताले नयाँ पार्टी खोल्नु दुःखद : पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेता माधवकुमार नेपालले सहमतिको बाटो छाडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको बताएका छन् र 

बिहीवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेताले नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको भएको बताएका हुन् । 

नेता पोखरेलले कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अगाडि बढ्न पार्टी प्रतिबद्ध रहेको बताए । 

उनले लेखेका छन्, ‘झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छाडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षड्यन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टीपंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रूपमा स्थापित बनाऊँ ।’