२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जस्तो नेताले नयाँ पार्टी खोल्नु दुःखद : पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेता माधवकुमार नेपालले सहमतिको बाटो छाडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको बताएका छन् र 

बिहीवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेताले नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको भएको बताएका हुन् । 

नेता पोखरेलले कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अगाडि बढ्न पार्टी प्रतिबद्ध रहेको बताए । 

उनले लेखेका छन्, ‘झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छाडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षड्यन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टीपंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रूपमा स्थापित बनाऊँ ।’