२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

वाग्मती । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ ।

पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की, चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् । 

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेलका ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ छन् । उनीहरूमध्ये केसीलाई अदालतबाट बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु ३० लाख जरिवाना तथा श्रेष्ठलाई छ दिन कैद र रु १० लाख जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।