२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । 

एमालेले भदौ १ र २ गते बसेको बैठक पनि चल्न दिएको थिएन । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । 

एमालेले सूर्य चिह्नबाट निर्वाचित भएका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । एमालेले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने बताएको छ । 

शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका थिए भने वलीले नेकपाबाट सूर्य चुनाव चिह्नबाट चुनाव जितेकी थिइन् ।

शाहीले आफू स्वतन्त्र समूहबाट चुनाव जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन् ।