२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोरोना खोप पाउने



अ+ अ-

काठमाडौं । भोलिदेखि काठमाडौंमा रहेका विद्यार्थीहरुले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् । कक्षा ११ र १२ मा अध्यानरत्त विद्यार्थीहरुले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका हुन् । 

१८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थीहरुलाई विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । 

स्वास्थ्य कार्यालय काठमाडौंले सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीलाई खोप केन्द्र तोकेको छ । 

यस्तै शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा पनि विदार्थीहरुले खोप लगाउन पाउने छन् । 

अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्रमा विद्यार्थीहरुले खोप लाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।