२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न एमाले गोरखाको आग्रह



अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न सबैलाई अपिल गरेको छ । विहिबार एमालेका गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङले एक विज्ञप्ती जारी गर्दै पार्टी भित्रका केही अराजक र पदलोलुप ब्यक्तिहरुले पार्टी बिभाजनको यात्रा तय गरेकाले त्यस्ता गतिबिधीको प्रतिरोध गर्न आग्रह गरेका हुन् ।  

विज्ञप्तीमा लेखिएको छ, ‘पार्टी भित्रका केही अराजक, कुण्ठाग्रस्त, इष्र्यालु र पदलोलुप ब्यक्तिहरुले बिभिन्न खाले भ्रम र प्रलोभन देखाइ पार्टी लोकतन्त्र र सिङ्गो कम्युनिस्ट आन्दोलन माथि गम्भिर अपराध सहित पार्टी बिभाजनको यात्रा तय गरेका छन । यस्ता खाले अपराधजन्य अराजक र अपराधिक कृयाकलापको दृढतापुर्बक प्रतिरोध गर्न र कुनै पनि खाले भ्रममा नपरी पार्टी एकता र पार्टी निर्माणको अभियानमा जुट्न सम्पूर्ण नेता कार्यकर्ता समर्थक सुभेच्छुकहरु सहित तमाम् जिल्लाबासि जनसमुमायहरुमा हार्दिक अपिल गर्दछौँ ।’

अध्यक्ष गुरुङले अध्यादेश ल्याएर पार्टी विभाजन गराएको भन्दै एमालेले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण सहित सबै खाले शोषण उत्पिडनको अन्त्य गरी “समृद्द नेपाल सुखी नेपाली” को महान अभियानमा जुटेको बताएका छन् ।  

‘राष्ट्रिय स्वाधिनता सार्बभौमिकता र स्वाभिमानको पक्षमा दृढ रहदै संबिधानको सर्बोच्चता, संघियता, धर्मनिरपेक्षता, लोकतन्त्र र समाबेसिता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र हाम्रो दृढ विश्वास र अठोट हो । संबिधान, लोकतन्त्र र दलीय प्रणालीलाइ नै समाप्त गर्ने गरी बनेको बर्तमान अपवित्र गठबन्धन सहितको परमादेशद्वारा गठित सरकारले असंसदीय अलोकत्रान्त्रिक र बिभाजनकारी अध्यादेश ल्याएको छ । यस्ता आपत्तिजनक र निन्दनीय कार्यको हाम्रो पार्टी घोर निन्दा र भ्रत्सना गर्दछ’, विज्ञप्तीमा लेखिएको छ ।