६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।

त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।

त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा। ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताउनुभयो । उहाँले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिकसत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उहाँका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आंगिक हुनेछन् । सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आंगिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछ ।

विसं २०६७ सालमा स्थापना भएका सुदूरपश्चिम, मध्यपश्चिम र कृषि तथा वन विश्वविद्यालय त्रिविकै सम्पत्ति लिएर स्थापना भएका हुन् ।

गाभिएका क्याम्पसमा बैतडीका पाटन बहुमुखी क्याम्पस, जगन्नाथ बहुमुखी क्याम्पस र मनीलेख क्याम्पस रहेका छन् । त्यस्तै, बाजुराका बाजुरा क्याम्पस र बडिमालिका क्याम्पस, कैलालीको कैलाली बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पस र दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस रहेका छन् ।

त्यसै गरी, गाभिने अन्य क्याम्पसहरूमा जलजला क्याम्पस लिबाङ, रारा बहुमुखी क्याम्पस मुगु, तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, मुसीकोट खलङ्गा क्याम्पस रुकुम, जनता बहुमुखी क्याम्पस अछाम र वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर छन् ।

त्यस्तै, बबई बहुमुखी क्याम्पस गुलरिया, नारायण क्याम्पस दैलेख, भेरी शिक्षा क्याम्पस सुर्खेत, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रिवेणी बहुमुखी क्याम्पस डडेलधुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको पनि त्रिविसँगको सम्बन्धन खारेज भएको छ ।

करिब ४ लाख विद्यार्थी अध्ययनरत त्रिविअन्तर्गत हाल ६२ वटा आंगिक, ४० वटा केन्द्रीय विभाग, ९ वटा डीन कार्यालय र ४ वटा अनुसन्धान केन्द्र छन् ।, समाचार नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।