६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली शैलीमा पौडेलको बिदाई



अ+ अ-

काठमाडौं । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो। नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। तर करिब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाई र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो।

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए। जनताको सेवक नेताले जयजयकार खोज्ने र गर्ने संस्कार एमाले अध्यक्षबाट विस्तारै तल्लो तहसम्म पुग्दै गरेको झल्को पौडेलको बिदाईले झल्काउँथ्यो। ठ्याक्कै ओलीको शैलीको नक्कल, तामझाम र राजर्षी शैलीमा।

नेता, कार्यकर्तासँगै स्थानीय पालिकाका पदाधिकारी, कर्मचारीहरू समेत जनताको काम छाडेर बिदाई लावालस्करमा सहभागी भएका थिए। जसका कारण हेटौंडामा राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर सडक विस्तारको विपक्षमा उभिएका निवर्तमान मुख्यमन्त्रीको बिदाई हुँदा सवारी आवागमनमा समस्या हुँदा जनताले सास्ती पाएका थिए। पूर्व–पश्चिम राजमार्गको बुद्धचोकदेखी नवलपुरसम्म समेत सडक अस्तव्यस्त हुँदा ट्राफिक प्रहरी मुकदर्शक बनेका थिए।

ट्राफिक नियमको धज्जी उडाउँदै मोटरसाईकलमा उभिदै हर्न निषेध गरिएको स्थानमा समेत कार्यकर्ताले अनावश्यक हर्न बजाएका थिए। तत्कालिन हेटौंडा नगरपालिकाका २ पटक मेयर भएका निवर्तमान मुख्यमन्त्री हेटौंडामा ध्वनी र वायु प्रदुषण बढ्ने गरी गरिएको बिदाईमा मख्ख देखिन्थे। पैदल र केही सवारीमा सवार स्थानीयलाई सानसहित हात हल्लाउँदै गरेको दृष्य हेर्दा भर्खर नवनियुक्त मुख्यमन्त्री झैं भान हुन्थ्यो। करिब एक सय सवारीसाधनसहित घर पुगेका पौडेलले उत्साहका साथ गृह प्रवेश गराएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए।

बागमती प्रदेशमा एमालेका ५६ मध्ये २२ सांसद रहेको माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्यसहितलाई एमालेमै रोक्न सफल भएको र त्यागी नेताको श्रेय पौडेलले पाएका छन्। घर पुगेपछि वाग्मती प्रदेशमा आफुहरूकै सरकार रहने भन्दै आफुले जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रीत रहेर काम गर्ने बताए। ‘कसैले कल्पना नगरेको अनि कसैले औला नउठाउँने गरी इमान्दारपूर्वक काम गरेका छौ,’ उनले भने, ‘मुलुकलाई परिवर्तन गराउँन प्रष्ट दृष्टिकोण, चिन्तन हुन जरुरी छ भन्ने कुरा आदरणीय पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री (ओली)ले देखाईसक्नु भएको छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।