६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा शेरधन सरकार संकटमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सांसद संख्याका आधारमा बहुमत पुर्याउन सक्ने सम्भावना छैन। प्रदेश सरकार ढल्ने निश्चित बनेसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ।

स्रोतका अनुसार लामो समयसम्मको पार्टी विवादसँगै नेपालले दर्ता गरेको नयाँ दल नेकपा (एमाले समाजवादी)को पक्षमा एमालेका १५ सांसद देखिएका छन्। उनीहरूले नयाँ दल रोज्दा प्रदेश सरकार ढल्ने निश्चित बनेको बताइएको छ। यसअघि १९ जना सांसद नेपालको पक्षमा रहेको दाबी गरिएको थियो। 

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले अहिले नै सरकार परिवर्तनको अनावश्यक हल्ला चलाइएको बताए। ‘नयाँ दल दर्ता भएपछि २१ दिनसम्म सांसदले पार्टी रोज्न पाउँछन्,’ उनले भने, ‘त्यतिबेला मात्रै अहिलेको सरकार रहने वा नरहने भन्ने यकिन हुन्छ।’ 

त्यस्तै, पार्टी नै विभाजन भइसकेपछि प्रदेश सरकार अब नरहने एमाले समाजवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले बताए। उनले भने, ‘केही समय लागे पनि अहिलेको सरकार ढालेर नयाँ गठबन्धन सरकार बनाउँछौँ।’ प्रदेश १ मा नेपालले नेतृत्व गरेको एमाले समाजवादीले नै सरकारको नेतृत्व गर्न पाउने सम्भावना छ। त्यसो हुँदा राजेन्द्र राई नै मुख्यमन्त्री बन्ने लगभग निश्चित छ। यसअघि नेपाललाई साथ दिँदै आएका भीम आचार्य मुख्यमन्त्रीका दाबेदार थिए। 

उनले नेपालको साथ छोडेपछि नयाँ गठबन्धन सरकारको नेतृत्वका लागि राई दाबेदार बनेका हुन्। ओली पक्षले विभाजनको पक्षमा उभिएका आचार्यलाई नै अब मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने सम्भावना रहे पनि उनैले नमानिरहेको स्रोतले बतायो। पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे पनि मुख्यमन्त्रीको लाइनमा थिए।  केही दिनभित्रै मुख्यमन्त्री शेरधन राईले विश्वासको मत लिनुपर्ने नभए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताउँछन्, राजेन्द्र राई। स्रोतका अनुसार एमाले समाजवादी पनि भीम आचार्यलाई आफूतिर तानेर मुख्यमन्त्री बनाउने प्रयत्नमा छ।

एमाले समाजवादीले नेतृत्व नपाए नयाँ सरकारमा कांग्रेसलाई फाइदा हुन्छ। कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आए पार्टी संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री बन्नेछन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले समाजवादीको नेतृत्व गरेका माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार एमाले समाजवादीले नै प्रदेश १ मा नयाँ बन्ने सरकारको नेतृत्व पाउने सम्भावना रहेको स्रोतले बतायो। 

स्रोतका अनुसार उनीहरूबीच सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी, वाग्मतीमा कांग्रेस र प्रदेश १ मा एमाले समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति यसअघि नै भइसकेको थियो। एमाले समाजवादीका नेता राईले पनि आफ्नै दलले सरकारको नेतृत्व पाउने बताए। 

माओवादीका एक नेताले प्रदेश १ मा आफ्नो पार्टीले सरकारको नेतृत्वका लागि दाबी नगर्ने बताए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि सबै विकल्प खुला गर्दै अघि बढिने बताएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।