२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर हास्य कलाकार सन्दीप क्षेत्री



अ+ अ-

काठमाडौं । नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा हास्य कलाकार सन्दीप क्षेत्री नियुक्त भएका छन्। हाम्रो पात्रोले क्षेत्रीलाई बुधबारदेखि लागु हुनेगरी आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । 

हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए । ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’

उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौं ।’

त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले “हाम्रो पात्रो” आम नेपालकीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनुआफ्नो लागि उत्साहपूर्ण विषय भएको बताएका छन् । “मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भनेत्यो हाम्रो पात्रो नैहो,” उनले भने, “मलै आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्ष पछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ । त्यसपछि नै सँगै केही गरौं भनेर यो सहकार्य गरेका हौं ।”

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरूसमेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । 

बेटा भर्सनमा रहेको यो सविुधा अब चाँडै पूर्णरूपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।

त्यस्तैनिकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने “हिसाबकिताब”, परिकार बनाउन सिकाउने “हाम्रो भान्सा” र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने “हाम्रो अक्षर” जस्ता सुविधाहरू थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए । 

सन् २०१० मा सुरू भएको हाम्रो पात्रो अन्तर्गत “हाम्रो किबोर्ड”, “ हाम्रो डिक्सनरी”, “हाम्रो लुडो ”, “कलब्रेक एन्ड जुटपत्ती ”,“हाम्रो म्यागेजिन” लगायतका एप समेत सञ्चालनमा छन् ।