२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले राख्न नमिले पछि पार्टीको नाम र निर्वाचन चिन्ह खोज्दै नेपाल समूह



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका पूर्ब नेता माधबकुमार नेपाल समूहले नयाँदल दर्ताका लागि दिएको एमाले समाजवादी  दल दर्ता गर्न निर्बाचन आयोगले अस्वीकार गरेको छ ।

आयोगले सर्वोच्च अदालतले फाल्गुन २३ गते गरेको  फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने कारण देखाउदै अर्को नाम खोज्न सुझाएको हो ।  नेपाल समूहले  निर्बाचन चिन्हका रुपमा रोजेको खुल्ला किताब पनि यस अघि नै अर्कोदलको नाममा रहेका कारण अर्को बिकल्प खोज्नु पर्ने भएको छ ।  

पूर्बमहान्याधीबक्ता अग्नी खरेलले न्यूजपोलारसंग भन्नुभयो "एमाले छाडेर जानेहरुलाई एमाले नाम किन चाहियो I " अर्को दलसंग मिल्दो जुल्दो नाम राख्न नमिल्ने भन्दै उहाँले आयोगले एमालेका नाममा कुनै दल दर्ता नगर्ने बिश्वास ब्यक्त गर्नुभयो । यसै गरी जनता समानबादी बाट बाहिरएका महन्थ ठाकुरपक्षले पनि जसपा लोकतान्त्रीकका नाम नपाउने भएको । ठाकुर समूहले पनि नयाँ नाम छनौट गर्नुपर्नुपर्ने भएको छ ।