२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत बेरी बिदाई भेटका लागि ओली निवास बालकोटमा



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोट पुगेर आफ्नो कार्यकाल पूरा गरी फिर्ता हुन लागेका राजदूत बेरीले अध्यक्ष ओलीसँग बिदाइ भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गर्नुभएका राजदूत बेरी नामिबियाका लागि राजदूत नियुक्त हुनुभएको छ ।