२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई एमालेको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मेल खाने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले सो माग राख्दै एमाले नेताहरु आयोग पुगेका हुन् ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको उल्लेख गरेका छन् । 

उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका हुन् ।