२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई साथ नदिने नेताहरु छलफलमा, १० बुँदेको पालना गर्न ओलीलाई दबाब दिने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिने नेताहरु आपसी छलफलमा जुटेका छन् ।  राजधानीको महाराजगंजस्थित एक पार्टी प्यालेसमा नेताहरुबीच वार्ता जारी छ । 

बैठकले १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील गरिने निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओली त्यसका लागि तयार नभए विद्रोहमा जाने सो समूहको तर्क छ । 

सो समूहका ९ नेताहरुले बिहीबार अबेर संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग राखेका छन् ।