२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चालनमा आयो भोटखोला जोड्ने कोशी राजमार्ग



अ+ अ-

किमाथाङ्का । सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो ।

उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज विहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो । मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आ–आफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।