९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ सांसदलाई कारबाही गर्न मिल्दैनः खिमलाल देवकोटा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. खिमलाल देवकोटाले एमालेले सिफरिस गरेको १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दै उनले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न नहुने प्रतिक्रिया जनाएका हुन् । 

उनले सभामुख संसद्को सर्वोच्चता जगेर्नाका पहरेदारमात्र नभएर सांसदहरुको अभिभावक पनि भएको बताएका छन् ।
 ‘चिठी लेख्नेबित्तिकै किन कारबाही गरिनस्, किन सूचना टाँसिनस् भनेर सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ?’ उनले प्रश्न गरेका छन् । 

सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (२) अनुसार संसदमा विश्वास लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि छलफल र निर्णय नभएको उनले बताएका छन् । 

त्यस्तै सर्वोच्च अदालतको हालैको फैसलाअनुसार दलीय व्यवस्थामा हरेक निर्णयहरु दल र पार्टीमा हुनुपर्ने पनि उनको तर्क छ ।