२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक: प्रचण्ड विशेष अदालतको फैसलामा पुनरावेदन लाग्ने व्यवस्था गर्न सहमत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न सहमत भएको छ ।

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि बुधबार छलफल गरिरहेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकलाई सहमतिबाटै पास गर्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारको गम्भीर उल्लंघनबारे पीडित र मानवअधिकार आयोगले उठाएको चासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । सहमतिका साथ टुंग्यायौँ भन्दा जाने सन्देश एउटा हुने र सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा जाने सन्देश अर्को हुने उहाँको भनाइ थियो ।

सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याइएको छ । विधेयकमा पीडित पक्षले विरोध गरेपछि के गर्ने भन्ने विषयमा बहस जारी छ । समितिको छलफलमा माओवादी केन्द्रका नेता वर्षमान पुनले आर्बिटरी किलिङ अर्थात स्वेच्छाचारी हत्या राख्न सकिने बताउनुभयो ।

त्यसमा सहमति जनाउँदै अध्यक्ष प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने बताउनुभएको थियो ।

यद्यपि सरकारले ल्याएको विधेयकमा पुनरावेदनको व्यवस्था नभएकाले पीडितहरुले त्यसको विरोध गरेका छन् ।

पुनरावेदनको व्यवस्था नभएकामा सडकमा यसका विरोधका कुरा सुनिएको भन्दै अध्यक्ष प्रचण्डले पुनरावेदन गर्न सकिने गरी भाषा मिलाएर राखिदिनुपर्ने उल्लेख गर्नुभयो ।