२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आइडल सिजन-४ को निर्णायक परिवर्तन



अ+ अ-

काठमाडौं । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन् । 

अब नयाँ निर्णायकको भूमिकामा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहने भएका छन् ।

यस्तै नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चुनेको हो ।