११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘आम कार्यकर्ताहरुले ल्याङल्याङ हुनुभन्दा केही मान्छेहरु चोएइटिएर गएकै ठीक छ भनेका छन्’

‘आम कार्यकर्ताहरुले ल्याङल्याङ हुनुभन्दा केही मान्छेहरु चोएइटिएर गएकै ठीक छ भनेका छन्’
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको बताउनुभएको छ । 

शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा नेता बस्नेतले माधव कुमार नेपाल माओवादी र कांग्रेसको मल बन्न गएको बताउनुभएको हो । उहाँले नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताउनुभयो । नेता बस्नेतले पार्टीको ह्वीप उल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित हुने कार्यकर्ताको भनाइ रहेको बताउनुभयो ।

उहाँल भन्नुभयो, “आम कार्यकर्ताहरुले ल्याङल्याङ हुनुभन्दा केही मान्छेहरु चोइटेर गएकै ठीक छ भन्ने भूमिका खेल्नुभएको छ, जसरी वसन्त ऋतुमा रुखहरुले पात फेर्छ, र मात्रै पालुवा आउँछ, हामी त रुखको पात झरेपनि त्यसैको मल बनोस् भन्ने हो, रुखहरुको पात त झर्यो तर एमालेको होइन, माओवादी र कांग्रेसको मल बन्न जानुभयो माधव नेपाल, उहाँले गरेका गद्दार र आपराधिक कर्म इतिहासको गम्भीर समस्या हुनेछ, कहिलेकाहीँ गाई दुन जाँदा दूध पोखिन्छ, तर बुढापाकाहरु दूध कि बाछाको मुखमा परोस् कि थुनमै रहोस् भन्ने उखान गर्छन्, दूध पोखियो भने त्यसको महत्व हुँदैन ।”

नेता बस्नेतले नेपालको राजनीतिमा दुई दलीय व्यवस्था हुन आवश्यक रहेको औँल्याउनुभयो । स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको राजनीतिमा जसरी अमेरिका र बेलायतमा दुई दलीय सिस्टम छ, नेपालमा पनि दुई दलीय व्यवस्था गर्यो भने राजनीतिक स्थिरता हुन्छ, साना दलहरुलाई एकीकरणको माध्यमबाट एमाले र कांग्रेसको रुपमा विकास गर्ने जनचाहना देखिन्छ, राजनीतिक स्थिरमा दुई दलीय व्यवस्था हो, राजनीतिक स्थिरता बिना विकास हुँदैन भन्ने जनताको चाहना छ ।”

नेता बस्नेतले अहिले नेपाली कांग्रेस लुम्बिनी र गण्डकीमा सरकार बन्यो भने खुशीयाली मनाइरहेको र लड्डु खाइरहेको तर सरकार कसरी बनेको छ त्यसमा विचार नगरेको बताउनुभयो । उहाँले दीपक मनाङे र विमला वलीलाई कसरी परिचालन गरिएको छ भन्ने सबैलाई थाहा भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनी र गण्डकीमा सरकार बन्यो भनेर साथीहरुले खुशीयाली मनाइरहनुभएको छ, लड्डु खाइरहनुभएको छ, कुन हालतमा सरकार बनेको छ, दीपक मनाङे जस्ता साथीहरुलाई कुन ढंगले प्रायोजित गरिरहनुभएको छ, विमला वली जस्ता साथीहरुलाई कस्तो दबाव दिइएको छ, यो साक्षात्कार नै छ ।”

नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्नीप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने बताउनुभयो । उहाँले नेकपा एमाले फुटाउनका लागि देउवा, प्रचण्ड र सभामुख नै लागिपरेको उल्लेख गर्दै  एमाले आउँदो निर्वाचनमा सशक्त पार्टीको रुपमा स्थापित हुने र बहुमतको साथमा आउने उल्लेख दाबी गर्नुभयो ।