२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा एकताका सबै ढोका बन्द हुँदा नयाँ पार्टी गठन गर्यौं : माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि एमालेबाट विद्रोह गर्नु परेको बताएका छन् । नेता नेपालले आफुहरुकै पहलमा लोकप्रिय बनेको पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएकाले यस्तो निर्णय लिनु परेको बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेपालले भनेका छन् : ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’

नेता नेपालले सबै पक्षलाई समेटेर केन्द्री कमिटी प्रस्ताव गरिएको समेत बताएका छन् । उनले वैधानिक प्रक्रिया पुरा भएलगत्तै राष्ट्रिय सम्मेलन वा राष्ट्रिय भेला गरी अहिले समावेश गर्न नसकेका अनुभवी र योग्य नेता–कार्यकर्ताहरुलाई समेटिने उल्लेख गरेका छन् । एमालेबाट विभाजित भइ नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरिएको छ ।