२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापा ‘बखते’ को निधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आजराती ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि  सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो । 

थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ सहित पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै थिए ।

उनले थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँको परिवारमा सवै कोरोना संक्रमित छन् । 

उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।