२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समाजवादी त हुनै सक्दैनन् : सूर्य थापा



अ+ अ-

एमाले नेता सूर्य थापाले माधव कुमार नेपाल समाजवादी हुन नसक्ने बताएका छन् । 

शनिबार बिहान ट्वीट गर्दै कानुन अनुसार पार्टी फुटाएर एमाले बनाउन नसक्ने नेपालले फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै नसक्ने बताएको हुन् । 

आफूले एमाले नामको पार्टी दर्ता गर्न नमिल्ने यस अघि नै बताएको भन्दै थापाले गुटको डफ्फा समाजवादी त झन् हुनै नसक्ने बताएका हुन् । 

'दुई दिनअघि मैले लेखेको थिएँ- दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी) नाममा माधव कु. नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनतस्मिल्दैन। उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन। मजाक।' उनले भनेका छन् ।