• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोग



गलेश्वर । म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ ।

म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु सात हजार पाँच सय पाँच आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित विकले जानकारी दिनुभयो ।

स्व ससुरा घिमिरे, स्व सासु कालिका घिमिरे र स्व पति भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो ।

“उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ”, घिमिरेले भन्नुभयो, “क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ ।”

विगत एक वर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लागेको थियो । औषधि उपचार गरिरहेका विकलाई चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य सल्लाह दिएका छन् ।

हाल क्यान्सर रोगको अप्रेशन गर्न महँगोे खर्च लाग्छ । अहिले शरीरमा ‘किमो’ र औषधि प्रयोग भइरहेको छ । पेटको क्यान्सरको शल्यक्रिया गर्न रु २० लाख बढी खर्च हुने अस्पतालले बताएको विकले जानकारी दिनुभयो ।

दैनिक आरन र फर्निचरको काम ९काठे काम० गरेर परिवारको गुजारा चलाउँदै आएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । पतिको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरिदिन पत्नी लक्ष्मी विकले अपिल गर्नुभएको छ ।