१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काभ्रेमा अमेरिकी दूतावासको ‘बुक बस’ कार्यक्रम

काभ्रेमा अमेरिकी दूतावासको ‘बुक बस’ कार्यक्रम
अ अ+ अ-

काभ्रेपलाञ्चोक । यहाँका पाँच विद्यालयमा अमेरिकन दूतावासको सहयोगमा ‘बुक बस’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रम अवधिभर बुक बसले ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान–प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको छ । कार्यक्रम सामुदायिक तथा निजी विद्यालयमा यही भदौ १९ देखिदेखि आगामी असोज छ गतेसम्म सञ्चालन गरिएको हो । काभ्रेपलाञ्चोकको बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्या सागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सुरु गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजनासमेत हुने संयोजक साम्भवी श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बुक बसले विद्यालयमा ‘स्टीम’, ‘सिभिल राइटस् एण्ड लिबरटीज’, पुस्तक पठन र कथा वाचनजस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । एक विद्यालयमा दुईदेखि चार दिनसम्म कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रम सतोरी सेन्टर फर द आर्टस्मार्फत श्रेष्ठ र रुवीना प्रधानले संयोजन गर्दै आउनुभएको छ । बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइको विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तक पठन र कथा वाचनअन्तर्गत विद्यार्थीसँग छलफल गरी कथामा आधारित सिर्जनात्मक क्रियाकलाप गर्न प्रोत्साहन गर्दै आएका छौँ ।” कार्यक्रमका लागि बसलाई नै पुस्तकालय व्यवस्थापन गरिएको छ ।

हाल कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हिरा शर्माले बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउनुभयो । “मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशालामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो”, उहाँले भन्नुभयो ।

विद्यासागर स्कुल र आजाद उच्च माविमा मझुवा बगर जनकला मञ्च नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोक नाटक मञ्चन गरिएको छ । त्यस्तै ‘सिभिल राइटस् एण्ड लिबरटीज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्टिम कार्यशालामा विद्यार्थीलाई परिचयात्मकरुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरी सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ ।