२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमला वली एमालेकै सांसद रहेको पुष्टि



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सभाले प्रदेशसभाकी सांसद विमला वली एमालेमै रहेको पुष्टी गरेको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि सांसद वली एमालेमै रहेको प्रदेश सभाले पुष्टि गरेको हो । 

माओवादी केन्द्र रोजेकी विमला वलीलाई लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले कारबाहीको माग गरिरहेका बेला प्रदेश सभा सचिबालयको कागजात भेटिएको हो ।

०५ चैत ०७७ मा प्रदेश सभा सचिबालयले नेकपा एमालेलाई सांसदको विवरण उपलब्ध गराउन पत्र काटेको थियो । सर्वोच्चको फैसलापछि सचिवालयले माओवादी केन्द्र र एमाले अलग-अलग भएकाले एकीकरण हुनुअघिको साविककै अवस्थामा कायम रहेको व्यहोरा जानकारीमा एमालेबाट संलग्न भएका सांसदहरुको विवरण प्रदेश सभा सचिबालयलाई पठाएको थियो ।

प्रदेश सभा सचिबालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले ४३ जना सांसदको विवरण सचिबालयमा पठाएकोमा ४३ नं. मा विमला वलीको नाम रहेको छ । दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित वली एमालेमै रहेको विवरण सचिबालयमा पठाएकोमा उक्त विवरणलाई पुष्टि गरी प्रदेश सभा सचिबालयले छाप लगाएको छ ।

एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले विमला एमालेमै रहेको विवरणमा प्रदेश सभा सचिबालयले चैतमा प्रमाणित गरिसकेकाले दल रोज्ने अधिकार वलीमा नभएको बताउँदै आएका छन् ।