५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारले गर्ने खर्चको सीमा निर्वाचन क्षेत्रअनुसार फरक



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा निर्वाचन क्षेत्रअनुसार फरक फरक बनाउने तयारी गरेको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न आधार तयर गरी निर्वाचन क्षेत्रअनुसार उम्मेदवारले गर्ने खर्चको सीमा तोक्ने बताउनुभयो ।

विगतका निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुबाट गुनासो आएको भन्दै उहाँले आगामी निवाचनमा खर्चको सीमा तोक्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र, मतदाता संख्या र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने तयारी आयोगले गरिरहेको छ ।

उहाँले खर्चको सीमालाई लिएर उठेका प्रश्न, दलहरुले आयोगलाई दिएका सुझाव र आयोगको अध्ययनका आधारमा खर्चको सीमा संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबै उम्मेदवारलाई आयोगले रु २५ लाखसम्म मात्रै खर्च पाउने सीमा तोकेको थियो । यद्यपि उम्मेदवारहरुले करोडौँ रकम खर्च गरेको बताएका थिए ।

अब खर्चको सीमा तोकिएपछि सीमाअनुसार उम्मेदवारले खर्च गरेको वा नगरेको भन्नेबारे आयोगले निरीक्षण र अनुगमन गर्ने पनि उहाँले बताउनुभयो । खर्चको अनुगमन गर्न आयोगका कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकाय परिचालन गरिनुका साथै सामाजिक सञ्जालमार्फत पनि खर्चको अनुगमन गरिने उहाँको भनाइ थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार फेसबुक, टिकटकबाट पनि उम्मेदवारले चुनाव प्रचारप्रसार गर्ने भएकाले खर्चको अनुगमन गर्न गुगलसँग एक किसिमको सम्झौता भइसकेको छ ।

सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा भएको खर्च र उम्मेदवारले दिएको खर्चको विवरण तुलना गरिने उहाँले बताउनुभयो ।