६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनजङ्गामा सिकार पर्यटन अध्ययन



अ+ अ-

काठमाडौं । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ । सिकार पर्यटन प्रवद्र्धन गर्न कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार गर्न सकिने अवस्था छ वा छैन भनेर सरकारले यस्तो अध्ययन गर्न थालेको हो ।

हिउँचितुवाको प्रमुख संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्गा संरक्षण क्षेत्र मानिन्छ । हिउँचितुवाले प्रमुख आहाराका रूपमा नाउरको सिकार गर्ने गर्छ । त्यसैले सो क्षेत्रमा नाउरको सङ्ख्या, हिउँचितुवाको अवस्था, यिनको संरक्षणमा गर्नुपर्ने प्रयासलाई अध्ययनमा समेटिने जनाइएको छ ।

कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या प्रशस्त भएकाले विदेशीलाई सिकार गर्न अनुमति दिनुपर्ने माग लामो समयदेखि उठ्दै आइरहेका बेला सरकारले यसतर्फ काम अगाडि बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । ‘‘ऐन, कानुनले संरक्षित वन्यजन्तुबाहेकका अरू वन्यजन्तुको सङ्ख्याको अवस्था हेरेर सिकार गर्न सकिने व्यवस्था गरेको छ,” विभागका महानिर्देशक डा. दीपककुमार खरालले भन्नुभयो, “लामो समयदेखि स्थानीय तहबाट पनि सिकार अनुमतिका लागि माग आएकाले यसतर्फ विभागले काम अगाडि बढाएको हो ।’’

नेपालमा हाल ढोरपाटन सिकार आरक्षमा विदेशीलाई सिकार अनुमति दिइँदै आएको छ । विशेषगरी रुस, अमेरिका, स्पेन, जर्मनी, डेनमार्क, फ्रान्स, इटाली, बेल्जियम, हङ्गेरी, पोल्यान्ड, बेलायतलगायतका मुलुकबाट बर्सेनि सिकारी आउने गरेका छन् । उनीहरूबाट बर्सेनि लाखौँ रुपियाँ राजस्व सङ्कलन हुँदै आएको छ । विश्वका सिकारपारखीलाई नेपाल भित्र्याएर सिकार गराउँदा पर्यटन प्रवद्र्धनका साथै स्थानीय समुदायको जीविकोपार्जन र वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने भएकाले यसतर्फ पहल गरिएको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताउनुभयो ।

निकुञ्ज विभागका पूर्वमहानिर्देशक श्याम बजिमयको एक अध्ययन समितिको प्रतिवेदनअनुसार, कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या प्रशस्त रहेकाले ब्लकअनुसार नाउरको सिकार गर्न अनुमति दिन मिल्ने उल्लेख छ । नाउर र हिउँचितुवाको पछिल्लो अवस्थाको वैज्ञानिक अध्ययन गरेरमात्र सिकार गराउन सकिने देखिएमा कञ्चनजङ्गा संरक्षण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सिकारका लागि अनुमति दिन सकिने विभागका महानिर्देशक डा. खरालले बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।