३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा छ्याछ्याप्ती नक्कली नोट, यसरी थाहा पाउनुहोस् नक्कली कि सक्कली



file photo
अ+ अ-

काठमाडौं । नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा नेपालका प्रमुख सहरमा नक्कली नेपाली नोटका कारोबारी सक्रिय हुने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार बितेका पाँच वर्षमा नेपालमा नक्कली नोटको कारोबार बढ्दै गएको पुष्टि हुन्छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भारतमा छपाइ भई नेपालमा नक्कली नोट भित्रिने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपियाँ नक्कली नोट बरामद भएको थियो । उहाँले उपभोक्तामा नक्कली नोटसम्बन्धी ज्ञानको कमी भएका कारण नै यसको कारोबार बढेको हुनसक्ने बताउनुभयो ।

प्रहरीका अनुसार पाँच वर्षमा प्रहरीले नक्कली नोटको कारोबारीमा संलग्न २५५ जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबारमा संलग्न १७२ बटा मुद्दा प्रहरीले दायर गरेको छ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार नेपालमा नक्कली नोट छाप्न भारतको जस्तो मेसिनको प्रयोग नभएकाले सामान्य फोटोकपीबाट छापेका नोटहरूकै सङ्ख्या धेरै देखिएको छ । एक वर्षअघि काठमाडौँको शान्तिनगरमा स्टेसनरीबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक जना पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार विशेष गरी महìवकाङ्क्षी युवा सङ्गठित रूपमा नक्कली नोट छाप्नेदेखि कारोबारमा लागेका छन् । कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा वा धेरै रुपियाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।

डीआईजी मल्लले केही वर्षअघिसम्म भारतीय नक्कली नोटको बढी चर्चा हुन्थ्यो तर अहिले नेपाली नक्कली नोटको कारोबार बढ्नु चुनौतीको विषय भएको बताउँदै यस विषयमा सुरक्षा संयन्त्र मात्र नभएर आमसर्वसाधारण पनि सचेत बन्नुपर्ने बताउनुभयो ।

नेपालमा विशेष गरेर एक हजार, पाँच सय र एक सय रुपियाँ दरका नक्कली नोटहरू बजारमा आउने गरेको प्रहरीकै रेकर्डमा छ । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक दयाराम शर्मा पङ्गेनीले पैसाको कागज खस्रो छ कि सामान्य छ भनेर हेर्न अनुरोध गर्दै आफूलाई नोटमाथि शङ्का लागेमा नोटलाई भाँच्ने तथा पछाडिबाट लाइट बालेर पानीछाप हेर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक नोटमा सगरमाथाको फोटो राखिएको हुन्छ । सगरमाथा भएको ठाउँमा बत्ती बाल्दा बल्यो भने त्यो नोट सक्कली हो भन्ने थाहा हुन्छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।