११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रोग लागेपछि यसरी फेरियो यी भारतीय महिलाको जीवन, गृहिणीदेखि बडीबिल्डरसम्मको यात्रा

रोग लागेपछि यसरी फेरियो यी भारतीय महिलाको जीवन, गृहिणीदेखि बडीबिल्डरसम्मको यात्रा
अ अ+ अ-

एजेन्सी । मस्तिष्कमा रगत जमेर बिरामी पर्दा किरण डेम्ब्ला सर्वसाधारण गृहिणीको जीवन व्यतीत गरिरहेकी थिइन्। उनी अहिले ४५ वर्षकी भइन् । उनी १३ वर्ष पहिलेसम्म गृहिणी थिइन् । उनी घरबाट भारतीय सङ्गित सिकाउँथिन् । 

बडीबिल्डर डेम्ब्ला भन्छिन्, मेरो विहेपछि म बालबच्चा र घरको देखभालमा व्यस्त भए । सन् २००६ मा ३३ वर्षको उमेरमा उनको मस्तिष्कमा रगत जमेको थाहा भयो । उनले दुई वर्षसम्म औषधी खाइरहिन् । उनको स्वास्थ्यमा आएको समस्या निवारण भयो तर खानुपर्ने औषधिका कारण उनको तौल अत्यधिक बढ्यो।

किरणले त्यसविरुद्ध लड्ने विचार गरिन् र आफ्नो जीवनशैली परिवर्तन गरिन्। उनलाई त्यस वखत हरेक महिलाको आफ्नै सपनाहरु हुन्छन् भन्ने भावना आउन थाले  र त्यस कुराले उनलाई केही गर्नपर्छ भन्ने महसुस हुन थाल्यो । त्यसपश्चात उनी आफ्नो घर नजिकैको वयामशाला जान थालिन् । दैनिक कसरतले उनले ७ महिनामा २४ किलो वजन घटाएँ । 

त्यसपछि उनी त्यहाँ प्रशिक्षक बनिन् र चर्चित व्यक्तिहरुलाई सिकाउन थालिन् । उनलाई त्यसक्रममा आफु केही फरक गर्ने बारे सोच्न थालिन् र आफ्नो शरिर बनाउन थालिन् । उनले विभिन्न उपायबाट ८ महिनामा तन्दुरुस्त शरिर बनाइन् । उनी आफ्नो यो परिवर्तन देखेर आफै मोहित हुन्थिन् । 

सन् २०१३ मा भारतीय बडी बिल्डि फेडेरेशनले उनलाई विश्व च्याम्पियनशिपमा सहभागी हुन निम्त्यायो । किरण छैठौँ स्थानमा पुग्न भइन् र सबभन्दा सुन्दर शरिरको उपाधी पाइन् । उनी अहिले भारतमा अति कम सङ्ख्यामा रहेका महिला बडीबिल्डरमा पर्छिन्। (बीबीसी)