१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने: प्रचण्ड- भिडियो सहित

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने: प्रचण्ड- भिडियो सहित
अ अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाउनुभएको छ ।

शुक्रवार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा उहाँले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताउनु भयो । उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनी दिनुभयो । उहाँले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक प्रश्ताव लैजाँदा सोच्दै नसोचेर प्रमाणीकरण गर्नुभएको
भन्दै अहिले किन नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन । किनभने हामीले अहिले गरेको कुरा यतिमात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीहरुले वंशजको नागरिकता पाउनुपर्छ । लाखौँको संख्यामा छन्, उनीहरुलाई नागरिकताबिहीन बनाउन हुँदैन । नेकपाको सरकार हुँदा केपी ओलीले जुन प्रश्ताव ल्याउनुभएको थियो, त्यही प्रश्ताव हो । केपी ओलीले प्रश्ताव लाँदा त्यही प्रश्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले । आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरी प्रमाणीकरण गर्नुभएको थियो । त्यही नै प्रश्ताव हो यो । ७ वर्षे प्रावधान एमालेको पहलमा होइन, माओवादीको पहलमा वैवाहिक अंगीकृतको बारेमा प्रावधान राखिएको हो । मैले भनिसकेँ, दोस्रो पटक संविधानले कतै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ । केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ । त्यसो भए एउटा कुरा अदालतमा इस्यू जान्छ । अदालतको फैसला पछि अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिने हो । मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ । यी दुई वटा हुनसक्छ ।’

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनमा सहमति अनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताउनु भयो । उहाँले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबी गर्नुभयो । अध्यक्ष दाहालले अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको बताउनु भयो ।