१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाललाई सिक्किम, फिजी बनाउन नागरिकता विधेयक आयो: ईश्वर पोखरेल -भिडियो सहित

नेपाललाई सिक्किम, फिजी बनाउन नागरिकता विधेयक आयो: ईश्वर पोखरेल -भिडियो सहित
file
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने काममा गठबन्धन लागिरहेको पनि बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताउनु भयो । उहाँले वतएमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पु-याउने, आँच पु-याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो ।

मैले केही दिनअघि गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ । त्यो चुच्चे नक्शा छैन, चुच्चे नक्शा मेटेर बुच्चे नक्शा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने ? यस्ता कुराहरु जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने, कुरा के हो यो ?’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाउनु भयो ।

उहाँले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा र भत्र्सना गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकको बारेमा अघि साथीहरुले भन्नुभयो । हामीले नागरिकता विधेयकसम्बन्धी कुराहरु गरिरहँदा हाम्रो अडान के हो भने आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ । तर अहिले के गरियो भने सीमा पारीबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो चिज उचित हुँदैन ।

संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्नेकुरा जुन किसिमले गरिएको छ, त्यसलाई बाटो खोलिएको छ, यो खेद जनक छ, राष्ट्रिय हीत विपरित छ । हाम्रो स्वाभिमान विपरित कुरा छ । नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ । सत्ता टिकाउने, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कुराहरु भएको छ । जसको निन्दा र भत्र्सना गर्नुपर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताउनु भयो । उहाँले रणनीतिक महत्वका सडकहरु केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गर्नुभयो । उहाँले चुच्चे नक्शा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताउनु भयो । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रणनीतिक महत्वका सडकहरु काम प्रारम्भ भएका थिए, कनि कटौती गरियो ? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो ? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन । चुच्चे नक्शा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरुलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ ।

नागरिकता विधेयकमा राष्ट्रिय हीत विपरित काम गर्ने कुराप्रति हामी स्वीकार गर्न सक्दैनौँ । मुलुकमा एउटा कुरा गर्न जरुरी छ । दलहरुका कमजोरी छन्, जनताले फैसला गर्नेछन् । तर यो मुलुकमा राजनीतिक स्थायित्व भएन भने आर्थिक विकास र समृद्धि हुन सक्दैन । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर हुन्छ । सामाजिक सद्भाव खल्बलिन्छ । हामी केपी ओलीको नेतृत्वमा आगामी सरकार बनाउँछौँ । यो उद्घोष गरिसकेका छौँ । राष्ट्रिय विकास र समृद्धिको योजनमा केन्द्रित हुन्छौँ । छिमेकीसँग लडाईं गर्ने भनेर नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्दैनौँ । तर छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्छौं । हामी नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न चाहँदैनाैँ । नक्कली कुरा गर्ने, अन्तर्राष्ट्रिय जगतमा ठगी गर्दै हिँड्ने, राष्ट्रिय राजनीतिमा अपराध गर्नेहरुलाई कहिल्यै छुट दिनेछैनौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहीत, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताउनु भयो ।