१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर: सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन

स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर: सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन
अ अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको छ । बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामीण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि स्थानीय महिलालाई प्रसूति सेवा लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिगाना तित्याङका गर्भवती महिला प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

सिगाना स्वास्थ्यचौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै नगरपालिकाको सहयोगमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको हो । ‘बर्थिङ सेन्टर’ का लागि बागलुङ नगरपालिकाले एक जना तालिमप्राप्त स्टाफ नर्सको व्यवस्थापन गरिएको खनालले जानकारी दिनुभयो ।

यहाँका गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच यही स्वास्थ्यचौकीबाट हुँदै आएको थियो । तर प्रसूति सेवाका लागि भने बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो । स्वास्थ्यचौकीमै ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज हुने स्वास्थ्यचौकी इन्चार्ज शान्ता शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नगरपालिकाले ‘बर्थिङ सेन्टर’ का लागि एसबिए तालिमप्राप्त स्टार्फ नर्स कल्पना खड्कालाई नियुक्ति दिएर पठाएको छ भने फेयरमेट फाउण्डेशन र बिवाइसी बागलुङको व्यवस्थापनामा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको प्राविधिक उपकरणको सहयोगमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।

“यहाँका महिलालाई स्वास्थ्य सेवाका लागि अन्य सुविधा रहे पनि बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनुपर्नुे अवस्था थियो”, स्वास्थ्यचौकी इन्चार्ज शर्माले भन्नुभयो, “बागलुङ नगरपालिकाको समन्वयमा यसरी गाउँमै ‘बर्थिङ सेन्टर’ स्थापना हुँदा बच्चा जन्माउनकै लागि बागलुङ बजार जानुपर्ने बाध्यता हटेको छ ।”

ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको परियोजनाले सिगाना स्वास्थ्यचौकीलाई रु तीन लाख बराबरको ‘बर्थिङ सेन्टर’ का लागि आवश्यक सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य उपकरण खरिद गरिएको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।

सिगानामा केही गर्भवती महिला घरमै समेत सुत्केरी भएको पाइएको छ भने ‘बर्थिङ सेन्टर’ स्थापनापछि घरमै सुत्केरी हुने गर्भवतीको सङ्ख्यामा कमी आउने सिगाना स्वास्थ्यचौकीको विश्वास रहेको छ ।