२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर: सुत्केरी हुन सदरमुकाम धाउनु पर्दैन



अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको छ । बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामीण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि स्थानीय महिलालाई प्रसूति सेवा लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिगाना तित्याङका गर्भवती महिला प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

सिगाना स्वास्थ्यचौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै नगरपालिकाको सहयोगमा ‘बर्थिङ सेन्टर’ स्थापना गरिएको हो । ‘बर्थिङ सेन्टर’ का लागि बागलुङ नगरपालिकाले एक जना तालिमप्राप्त स्टाफ नर्सको व्यवस्थापन गरिएको खनालले जानकारी दिनुभयो ।

यहाँका गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच यही स्वास्थ्यचौकीबाट हुँदै आएको थियो । तर प्रसूति सेवाका लागि भने बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो । स्वास्थ्यचौकीमै ‘बर्थिङ सेन्टर’ स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज हुने स्वास्थ्यचौकी इन्चार्ज शान्ता शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नगरपालिकाले ‘बर्थिङ सेन्टर’ का लागि एसबिए तालिमप्राप्त स्टार्फ नर्स कल्पना खड्कालाई नियुक्ति दिएर पठाएको छ भने फेयरमेट फाउण्डेशन र बिवाइसी बागलुङको व्यवस्थापनामा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको प्राविधिक उपकरणको सहयोगमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।

“यहाँका महिलालाई स्वास्थ्य सेवाका लागि अन्य सुविधा रहे पनि बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनुपर्नुे अवस्था थियो”, स्वास्थ्यचौकी इन्चार्ज शर्माले भन्नुभयो, “बागलुङ नगरपालिकाको समन्वयमा यसरी गाउँमै ‘बर्थिङ सेन्टर’ स्थापना हुँदा बच्चा जन्माउनकै लागि बागलुङ बजार जानुपर्ने बाध्यता हटेको छ ।”

ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको परियोजनाले सिगाना स्वास्थ्यचौकीलाई रु तीन लाख बराबरको ‘बर्थिङ सेन्टर’ का लागि आवश्यक सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य उपकरण खरिद गरिएको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।

सिगानामा केही गर्भवती महिला घरमै समेत सुत्केरी भएको पाइएको छ भने ‘बर्थिङ सेन्टर’ स्थापनापछि घरमै सुत्केरी हुने गर्भवतीको सङ्ख्यामा कमी आउने सिगाना स्वास्थ्यचौकीको विश्वास रहेको छ ।