१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्ठान घटनाः उच्चस्तरीय छानविन समिति गठन गर्न माग



अ+ अ-

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।

प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको हो । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उहाँले घटनाको यथाशीघ्र छानविन आवश्यक रहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका पूर्व कानुनमन्त्रीसमेत रहनुभएका भण्डारीले पिछडिएको क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा दिने र अनुसन्धान गर्ने उद्देश्यले स्थापित मुलुककै गौरवपूर्ण संस्थाको भविष्यमा प्रतिकूल प्रभाव पार्ने कार्यमा जतिसक्दो छिटो बिराम लगाउन अनुरोध गर्नुभएको छ ।

उहाँले समस्याको अविलम्ब निवारणका लागि एक उच्चस्तरीय छानविन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालालाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा फर्कनसमेत अपिल गर्नुभएको छ ।

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा मेडिकल अधिकृत साहले छ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरेको भन्दै उनका बुवा धनबहादुर शाहीले हातपात गरेको घटनाले यतिबेला चरम रूप लिएको छ । शाही प्रतिष्ठानमै कार्यरत प्रशासनतर्फका कर्मचारी हुन् । प्रहरीले उहाँलाई २१ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।