२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ ।

कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन १८ भदौमा सुरु भइसक्नुपर्छ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने नहुने निश्चित छैन ।

क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता निरन्तर जसो छलफलसमेत गर्दै आइरहेका छन् । हाल विवाद समाधानको जिम्मा नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू रमेश लेखक र डा। मीनेन्द्र रिजाललाई दिइएको छ ।

कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारीसहित शीर्ष नेतृत्वलाई बुझाएको थियो । नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको थियो । सो समय नाघिसकेको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख गरेको थियो ।

प्रतिवेदनअनुसार बारा र सप्तरीका नयाँ सदस्यतामा जिल्लाभर विवाद छ । यस्तै, धनुषा ४, सर्लाही २ र रसुवा र सिन्धुपाल्चोकका केही नयाँ सदस्यतामाथि पनि विवाद छ । यस्तै अन्य दलबाट आएर सदस्यता दिएकाहरूका विषयमा पनि यी जिल्लामा विवाद कायम छन् । यसैगरी, अन्य पार्टीबाट समायोजन भएर आएकाहरूका विषयमासमेत सदस्यतामा विवाद छ ।

सदस्यताका विषयमा विवाद समाधान नहुँदा महाधिवेशन होला कि नहोला भन्नेमा अझै पनि आशंका उब्जँदै आइरहेको छ । कांग्रेस नेता रामकृष्ण यादव अब पनि सदस्यताको विवाद समाधान नभए महाधिवेशन गाह्रो हुने बताउँछन् ।

‘सदस्यताको विवाद देखाएर महाधिवेशन सारिएको छ, फेरि पनि विवाद समाधान उन्मुख भइरहेको देखिँदैन । यस्तै हो भने तोकिएको मितिमा महाधिवेशन गाह्रो छ,’ यादवले राजधानीसँग भने ।

उनले महाधिवेशन गर्ने नै हो भने अब विवाद देखिएका स्थानमा नयाँ क्रियाशील सदस्यतालाई थाँती राखेरै भए पनि नेतृत्व अघि बढ्नुपर्ने बताए । यो मतमा कांग्रेसभित्रको पौडेल समूहमा बलियो छ ।

यो समूहले विवाद भएका सदस्यताका हकमा १५औं महाधिवेशनमा मताधिकार दिनेगरी निर्णयमा पुग्न सकिने बताउँदै आइरहेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका सभापति देउवानिकट नेता लेखक भने अब क्रियाशील सदस्यताका विषयको विवाद लगभग टुंगिएको बताउँछन् ।

‘विवाद समाधान उन्मुख छ, छिट्टै सभापतिलाई सदस्यताको फाइनल लिस्ट बुझाउँदै छौं,’ नेता लेखकले भने । कांग्रेसले नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म गर्ने निणर्य गरिसकेको छ । यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।