२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज साना बाम दलसँग छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता वधेयकका सम्बन्धमा विभिन्न साना पाँच बामपन्थी दलसँग छलफल गर्नु भएको छ । राष्ट्रपतिसँग छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालगायत शितल निवास जानु भएको थियो ।

छलफलमा नेताहरुले नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले लिनु भएको कदम सही भए पनि संसदले त्यसको गम्भीरता नबुझेको बताएका थिए । उनीहरुले नागरिकता विधेयकका विषयमा संसद गैरजिम्मेवार भएको टिप्पणी गर्दै देशका लागि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बेला हतार हतारमा विधेयक पारित गर्नु दुःखद भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आजै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पछि छलफल गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले भोलि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्न लाग्नु भएको छ । भोलि नै पूर्व सुरक्षा अधिकारीसँग पनि छलफल गर्न लाग्नु भएको बताइएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि नागरिकता विधेयक संसदमा पुनर्विचारका लागि फिर्ता पठाउनुअघि पनि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाएर छलफल गर्नु भएको थियो ।

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।