२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज साना बाम दलसँग छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता वधेयकका सम्बन्धमा विभिन्न साना पाँच बामपन्थी दलसँग छलफल गर्नु भएको छ । राष्ट्रपतिसँग छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालगायत शितल निवास जानु भएको थियो ।

छलफलमा नेताहरुले नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले लिनु भएको कदम सही भए पनि संसदले त्यसको गम्भीरता नबुझेको बताएका थिए । उनीहरुले नागरिकता विधेयकका विषयमा संसद गैरजिम्मेवार भएको टिप्पणी गर्दै देशका लागि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बेला हतार हतारमा विधेयक पारित गर्नु दुःखद भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आजै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पछि छलफल गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले भोलि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्न लाग्नु भएको छ । भोलि नै पूर्व सुरक्षा अधिकारीसँग पनि छलफल गर्न लाग्नु भएको बताइएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि नागरिकता विधेयक संसदमा पुनर्विचारका लागि फिर्ता पठाउनुअघि पनि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाएर छलफल गर्नु भएको थियो ।

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।