२७ भाद्र २०८३, शनिबार
,
Latest
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहमति कार्यान्वयनको लागि मंगलबारसम्म अल्टिमेटम दिएकै छैनौ’



अ+ अ-

काठमाडौं । एमाले विद्रोह गरेका माधव नेपालको साथ छोडेका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयनको लागि अल्टिमेटन दिएको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका छन्।

लामो समय नेपाललाई लाई साथ दिएका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुले गत शुक्रबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्यदलले बुझाएको दश बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारसम्मको समयसीमा दिएको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका हुन् ।

नेता सुरेन्द्र पाण्डेका अनुसार पार्टीका अध्यक्ष केपि शर्मा ओलीलाई आफूहरुले कुनै पनि समयसीमा नदिएको बताएका छन्। उनले मंगलबारसम्मको समयसीमा दिएर गलत प्रचार गरेको भन्दै आपत्ति जनाए। 

‘हामीले मंगलबारसम्मको समयसीमा दिएको भन्ने गलत हो,’ पाण्डेले भने, ‘बाहिर गलत प्रचार गरियो। अहिले पनि हामी पार्टी एकताको पक्षमा लागिरहेका छौं। तर प्रतिक्रिया दिने गरी केही पनि भएको छैन।’

उनले मंगलबारपछि पनि एकताकै पक्षमा लाग्ने संकेत गरेका छन्।

उता संस्थापन पक्षले भने कार्यदलले बुझाएको दश बुँदे प्रतिवेदनलाई पार्टीले ग्रहण गर्दै त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै शंका नगर्न आग्रह गरेको छ।