७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाललाइ गाई चुनाव चिह्न नदिने सर्वोच्चको आदेश



file photo
अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न नपाउने भएको छ । सर्वोच्च अदालतमा थापाले दिएको निवेदन न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले खारेज गरिदिएको थियो ।

निर्वाचन आयोगले यसअघि नै थापालाई गाई चुनाव चिह्न दिन नसकिने जानकारी गराइसकेको छ । थापाले आयोगको निर्णय विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले राष्ट्रिय पहिचान भएका चिह्न, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने निर्णय गरेको थियो ।

अब थापाले तिर चुनाव चिह्न लिनु पर्नेछ ।

यसैबीच, थापाले ट्वीट गर्दै अदालतको फैसला शिरोधार्य रहेको बताएका छन् । उनले भनेका छन्, “तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो। चलखेल, दवाव र सेटिङले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।”