काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष ओली निवास बालकोटमा उहाँहरु बीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल(भारत सम्बन्ध विस्तारका बारेमा छलफल भएको चौथाइवालेले ट्विटर मार्फत जानकारी गराउनु भएको छ । आईतबार नेपाल आउनु भएका चौथाइवालेले यस अघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।











