३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सीट बाँडफाँट: कांग्रेस ८० सीट माओवादी ६० वरपरमा कुरा मिल्छ- प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताउनु भएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुग्नु भएका प्रचण्डले भोली बेलुकी सम्ममा सीट बाँडफाँट टुंगिने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला ।
समाजवादीको २५ वरिपरि होला ‘यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौं । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौं ।’

प्रचण्डले सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने बताउदै आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने जानकारी दिनुभयो ।