२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसीप सुरुहुँदै: उद्घाटन खेल नेपाल र भुटानबीच



अ+ अ-

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।

नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आजको उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५ः३० बजे हुनेछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा छ भने भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न चाहन्छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो । नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन ।

भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिनुभयो । नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् ।

यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् । रासस




भर्खरै