२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई साथ नदिनेलाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको ‘टाइमलाइन’



अ+ अ-

काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपालबाट अलग भएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।

१० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्न चाहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । 

छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि उपस्थित थिए ।

माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाललगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको बताइएको छ ।

त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने एमालेको तयारी छ । 

यस्तै माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति पनि भएको छ ।