२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक भोलि बस्ने, मध्यमार्गीधारका नेताहरु पनि सहभागी हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । 

भोलिको बैठकमा माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका १० नेता सहभागी हुने भएका छन् । 

१० नेताले आज बिहान अध्यक्ष केपी ओली संग सम्बाद गरेपछि १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बस्न लागेको हो । 

एमाले उपमहासचिव बिष्णु पौडेलले न्यूजपोलारसँग भन्नुभयो "भोली स्थायी समितिको बैठक बस्छ बिगतमा सहभागी नहुनुभएका नेताहरु सहभागी हुनुहुन्छ ।"  

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा ११ बजे बस्नेछ ।