२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको वैशाखी संकटतर्फ धकेलियो: नेता पौडेल



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेका विरूद्ध एक्लै आफ्नो खुट्टामा उभिने आँट कुनै दलमा नभएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले आफ्नो मात्रै खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताउनु भयो । नेता पौडेलले भन्नुभयो ‘एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग छैन ।’

उहाँले अदालतको दुरूपयोग गर्दै संवैधानिक ‘कू’ गरेर र एमालेका विरूद्ध सबै दलहरूको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा मतको आधारमा एमाले पहिलो पार्टी बनेको बताउनु भयो ।

नेता पौडेलले गठबन्धनको वैशाखी समेत संकटतर्फ धकेलिएको उल्लेख गर्दे आगामी निर्वाचन पछि एमालले ठुलोदलका रुपमा सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

नेता पौडेलले गठबन्धनले एमालेविरूद्ध विभिन्न झूटा भ्रमहरू सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरूलाई चिर्न प्रचार कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।